• शनिबार, असोज १० २०८३

झन्डै एक किलो कोकिनसहित गोरखाका एक मुख्य कारोबारी पक्राउ


सोमबार, साउन ११ २०७८
655
Shares


गोरखा । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित गोरखाका एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गोरखा नगरपालिका— ५ का सुरज गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।

गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए।

पक्राउ परेका सुरज कारोबारीका मुख्य व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

आइतबार गुरुङलाई समात्न ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी खटिएको थियो। हेडौडाबाट अन्य केही व्यक्तिहरू पनि पक्राउ परेको ब्युरो स्रोतले जनाएको छ।

गुरुङ लागुऔषध कारोबारमा नाम चलेका व्यक्ति हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार