• शनिबार, असोज १० २०८३

गुरु पूर्णिमाका अवसरमा अधिकारीलाई भच्चेक मिलन समाजको सम्मान


आइतबार, साउन १० २०७८
955
Shares

गोरखा । हिजो गुरु पूर्णिमाको अवसरमा भच्चेक मिलन समाज गोरखाले शिक्षाविद् एवम नेपाल शिक्षक संघ गोरखाका पूर्व अध्यक्ष विजय प्रसाद अधिकारी लाई सम्मान गरेको छ।

विगत ३३ वर्ष शिक्षण पेशा गरेका अधीकारीलाई गुरु पूर्णिमाको अवसरमा समाजले सम्मान गरेको हो ।

श्री शान्ति विद्यागृह लैनचौर काठमाडौं वाट वि सं २०२० सालमा एस.एल.सि पास गरेका अधिकारीले त्रिचन्द्र कलेज वाट २०२४ सालमा स्नातक उतिर्ण गरेका थिए ।

अधिकारीले जिल्ला का श्री शक्ति मावि, अमर ज्योति मा वि लुइँटेल, परोपकार मा वि जौवारी श्री ज्ञानज्योति मा वि अजिरकोटमा अध्यापन गराएको थियो । उनी ज्ञानज्योति मा.विका पूर्व प्रधानाध्यापक समेत हुन् ।

No description available.

जि.स.स प्रमुख अशोक कुमार गुरुङ को प्रमुख आतिथ्य एवम यदु प्रसाद अधिकारी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समाजले पूर्व विद्यार्थीहरुको तर्फबाट उनलाई सम्मान गरिएको समाजका सचिव रामचन्द्र दुवाडी बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार