• शनिबार, असोज १० २०८३

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको तस्वीर जोडेर टिकटक बनाउने व्यक्ति पक्राउ


आइतबार, साउन १० २०७८
510
Shares

Modern metal handcuffs. Vector illustration in flat style


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर जोडेर टिकटक बनाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय झापासँग समन्वय गरी एक जनालाई पक्राउ गरी काठमाडौं ल्याएको हो।

जिल्ला प्रहरी कार्यालयले मेचिनगर नगरपालिका वडा नम्बर ६का ३८ वर्षीय सोमप्रसाद घिमिरेलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको थियो। उनलाई गत शुक्रबार मात्रै काठमाडौं ल्याएको थियो।

उनी माथी टिकटकमा ऐन कानुनले बर्जित गरेका सामाग्रीहरू बिगारेर भिडिओ बनाएको आरोप लागेको छ ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार