काठमाडौं । आइतबार देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ। हालसम्म ९ हजार ७ सय १३ जनाको कोरोनाबाट मृत्यु भएको छ।
मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।