• शनिबार, असोज १० २०८३

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा घोषणा


आइतबार, साउन १० २०७८
1.5K
Shares


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिन लागेको बताएका छन् ।

‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन्,’ उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गर्दै लेखेका छन्।

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार