• शनिबार, असोज १० २०८३

गोरखामा निषेधाज्ञा थप १५ दिन लम्बियो, पसलहरु साँझ ७ बजेसम्म खोल्न पाईने


शुक्रबार, साउन ८ २०७८
795
Shares


गोरखा । गोरखामा जारी निषेधाज्ञा थप १५ दिन लम्बिएको छ ।

शुक्रबार बसेको जिल्ला विपत व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जारी निषेधाज्ञा आउँदो २४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

सबै खालका पसलहरु बिहान पाँच बजेदेखि साँझ सातबजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

यसअघि जारी निषेधाज्ञामा दैनिक उपभोग्य खाधान्न, तरकारी, फलफूललगायतका पसलहरु बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म मात्र खोल्न दिइएको थियो ।

तर आज बसेको बैठकले पसलहरुसञ्चालन गर्ने समय पनि थप गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले बताए ।

कवर्डहल, शैलुन, व्युटीपार्लर, विद्यालय, क्याम्पस, विश्वविद्यालय, धार्मिकस्थलहरु खुल्ला नगर्ने व्यवस्थालाई पूर्ववत यथावत राखिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार