• शनिबार, असोज १० २०८३

अमेरिका पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा तीनजना पक्राउ


शुक्रबार, साउन ८ २०७८
495
Shares


काठमाडौं । वर्किङ भिसामा अमेरिका पठाइदिन्छु भन्‍दै ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका ४ हरिहरपुर घरभइ पोखरा बस्‍दै आएका विकास भनिने २४ वर्षीय बिनोद भुसाल, पोखरा महानगरपालिका २ मिरुवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा महानगरपालिका १२ का ३० वर्षीय प्रकाश गुरुङ रहेका छ्न् ।

उनीहरुले विगत दुई वर्षदेखि पटक— पटक गरी पीडित सँग ७४ लाख रकम असुलेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीहरुलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको प्रहरी उपरीक्षक (एपसी) श्याम कुमार महतोले जानकारी दिए ।

एसपी महतेका अनुसार उनीहरुले अमेरिकन दूतावास काठमाडौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याएर ठगी गरेको साथै संयुक्त राज्य अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी रु २५ लाख रुपैया ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार