• शनिबार, असोज १० २०८३

एसएसपी राणालाई डिआइजी बढुवा गर्न सिफारिस


बिहिबार, साउन ७ २०७८
730
Shares


काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी उनलाई बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी खाली थियो ।

राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार