• बिहिबार, साउन १४ २०८३

बिहीबार थप २ हजार ७ सय १४ मा कोरोना संक्रमण, २४ जनाको मृत्यु


बिहिबार, साउन ७ २०७८
795
Shares


काठमाडौं । बिहीबार थप २ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १२ हजार ८ सय २९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ८८ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.५ प्रतिशत रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार