काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले घटेको छ ।
गत बुधबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९१ हजार ८०० रुपैयाँमा कायम भउको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २ सय७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।