• शनिबार, असोज १० २०८३

नहरमा डुबेर दुई बालकको मृत्यु


बुधबार, साउन ६ २०७८
625
Shares


नहरमा डुबेर चितवनमा दुई बालकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका— २ क्षेत्रपुरमा रहेको खुला चौरनजिकै रहेको नहरमा डुबेर बुधबार दिउँसो बालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन्।

चौरमा क्रिकेट खेलेर हातखुट्टा धुने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए।

प्रहरीका अनुसार उनीहरूलाई दुई सय मिटर परबाट उद्धार गरी अस्पताल पठाइएकोमा मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार