गोरखा । गोरखाको मनकामना क्षेत्रमा एक युवकको शव फेला परेको छ ।
सप्तरी जिल्ला सिसवा बेलही खडग नगरपालिका २ का २२ वर्षीय करन कुवँर चौधरीको बुधबार विहान मृत अवस्थामा शव फेला परेको हो ।

शहिद लखन गाउँपालिका २ स्थित नयाँबारीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
चौधरी नयाँबारीमा रहेको मनकामना रिट्रिट रिर्सोट एण्ड स्पा प्रा.लिमा काम गर्दै आएका थिए । मंगलबार काम सकेर मनकामना बजार तर्फ गएका चौधरी सम्पर्क विहिन भएका थिए ।
चौधरी सम्पर्कमा नआए पछि खोजतलास गर्ने क्रममा सोहि ठाउँमा बाटोबाट करिब २० मिटर तल मृत अवस्थामा फेला परेको डिएसपी प्रकाश दाहालले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
