काठमाडौं । बुधबार थप २ हजार ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७ सय १५ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९ सय १८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ९०१ गर्दा ९ सय २० मा संक्रमण देखिएको छ।
कुल १२ हजार ६ सय १६ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
थप ३० जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७५ जना कोरोनाबाट मुक्त भएका छन्।
पछिल्लो समय संक्रमण बढ्दै गइरहेको मन्त्रालयले जनाएको छ।