• सोमबार, भाद्र २२ २०८३

आजदेखि १८ वर्ष माथिका व्यक्तिलाई जोनसन एण्ड जोनसनको खोप दिइँदै


बुधबार, साउन ६ २०७८
745
Shares


काठमाडौंमा आज (बुधबार) देखि १८ वर्ष माथि उमेर समूहका व्यक्तिलाई पनि कोरोना भाइरसविरूद्धको अमेरिकामा बनेको जोनसन एण्ड जोनसनको खोप दिन थालिएको छ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले प्राप्त भएको १ लाख ४० हजार डोज तोकिएका व्यक्तिलाई लगाइएको र केही खोप बाँकी रहेकाले आजदेखि १८ वर्ष माथिका उमेर समूहका मानिसलाई खोप दिन थालिएको जानकारी दिए।

सरकारले जोनसन एण्ड जोनसनको खोप ५० देखि ५४ वर्षका मानिस, अपांगता भएका व्यक्ति, जोनसन खोप अनिवार्य गरिएका मुलुक जाने व्यक्ति र शरणार्थीलाई लगाउन सुरू गरेको हो।

प्रमुख पराजुलीले अब बाँकी रहेको खोप १८ वर्ष माथिका उमेर समूहका व्यक्तिले साविककै खोप केन्द्रहरूबाट लगाउन सक्ने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार