• शनिबार, असोज १० २०८३

८१ किलो गाँजासहित ट्रक र चालक पक्राउ


बुधबार, साउन ६ २०७८
660
Shares


काठमाडौं । प्रहरीले ८१ किलो ३ सय ५० ग्राम गाँजासहित ट्रक चालक पक्राउ परेका छन् ।

मकवानपुरमा राक्सिराङ गाउँपालिका— ४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेगीलाई मनहरी गाउँपालिका— ८ सिमपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट उनलाई नियन्त्रणमा लिएको हो ।

सडकमा शंकास्पद अवस्थामा रोकिराखेको ट्रकलाई चेकजाँच गर्दा पछाडि ढालामा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार