• शनिबार, असोज १० २०८३

गोरखामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु


बुधबार, साउन ६ २०७८
620
Shares


गोरखा । गोरखामा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

जिल्लाको पालुङटार नगरपालिका ८ का बुधबहादुर नेपालीकी १३ वर्षीया छोरी ऋचाको आफ्नो खेतमा रोपाई सकेर घर फर्किने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।

स्थानीय रनबहादुर गुरुङले सिंचाईका लागी लागी बनाएको पोखरीमा हात खुट्ट धुने क्रममा चिप्लिएर डुबेको डिएसपी प्रकाश दाहालले बताए ।

पोखरीमा डुबेको अवस्थामा उद्धार गरिएकी ऋचालाई उपचारका लागी धुवाँकोट स्वास्थ्य चौकी लगिएकोमा मंगलबार दिउँसो साढे २ बजेतिर मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार