गोरखा । गोरखा नगरपालिकाले बृक्षारोपण गरेको छ । मंगलबार वडा नम्बर ८ स्थित पिप्लेमा बृक्षारोपण गरिएको हो ।
पुरातत्व विभागको स्वामित्वमा रहेको करिब ५ रोपनी जग्गामा गोरखा नगरपालिकाले बिभिन्न १० थरीका ६२ वटा बिरुवा रोपेको हो । बृक्षारोपण गर्दै नगरप्रमुख राजनराज पन्तले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपप्रमुख विना कुमारी श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्री लगायतको सहभागिता रहेको थियो । सो स्थानमा बेल, डुम्र्री, अमला, अम्बा, तुलसी, अशोका लगायतका बिरुवा रोपिएको नगरपालिकाका वातावरण विज्ञ धुब्रराज घिमिरेले जानकारी दिए ।


