• बिहिबार, साउन १४ २०८३

मंगलबार थपिए ३ हजार १०८ संक्रमित, २५ जनाको मृत्यु


मंगलबार, साउन ५ २०७८
580
Shares

काठमाडौं । मंगलबार थप ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १ सय ३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.६ प्रतिशत रहेको छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार