• शनिबार, असोज १० २०८३

घाँस काट्ने क्रममा भीरबाट लडेर ४८ वर्षीय पुरुषको मृत्यु


मंगलबार, साउन ५ २०७८
565
Shares


बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ।

घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए।

स्थानीयबासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार