• शनिबार, असोज १० २०८३

शिल्पा सेट्टीका श्रीमान् पक्राउ


मंगलबार, साउन ५ २०७८
595
Shares


एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ।

व्यापारीसमेत रहेका कुन्द्रालाई पोर्नोग्राफिक चलचित्र बनाएको तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो।

मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो। त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीले यो घटनाको अनुसन्धान जारी रहेको बताएको छ। शिल्पा शेट्टी र राज कुन्द्राले भने पक्राउबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।

कुन्द्रालाई प्रहरीले आजै अदालतमा पेस गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार