• शनिबार, असोज १० २०८३

चार दिनदेखि हराइरहेका युवकको शव फेला


मंगलबार, साउन ५ २०७८
1.8K
Shares

तनहुँमा एक युवकको शव फेला परेको छ। 

असार २९ गतेदेखि हराइरहेका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङको शव मादी नदीमा फेला परेको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए। 

व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा गुरुङको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव सनाखत गरेर परिवारलाई बुझाइएको गुरुङले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार