• बिहिबार, साउन १४ २०८३

गोरखामा अमेरिकी खोप लगाउन सुरु, एकैदिन १४ सय १९ जनाले लगाए


मंगलबार, साउन ५ २०७८
625
Shares

गोरखा । गोरखामा सोमबारदेखि एक ‘डोज’ मात्र लगाए पुग्ने अमेरिकामा बनेको कोरोना बिरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएकोे छ ।

गोरखा नगरपालिका भित्रका १४ वटै वडामा हिजोदेखि खोप लगाउन सुरु गरिएको हो । जिल्लामा आइतबार मात्र अमेरिकाबाट अनुदानमा प्राप्त १० हजार तीन सय ७० जनालाई पुग्ने खोपको मात्र आइपुगेको थियो ।

उक्त खोप सबै पालिकालाई वितरण सुरु गरिएको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । गोरखा नगरपालिकालाई २ हजार १० डोज खोप उपलब्ध भएको छ ।

उपलब्ध भएको खोप मध्ये सोमवार एकैदिन १४ सय १९ जनाले लगाए खोप लगाएका छन् । ५० देखि ५४ वर्ष उमेरका ६ सय ७५ महिला र पाँच सय ९५ जना पुरुषले सोमवार खोप लगाएका छन् ।

यस्तै बैदेशिक रोजगारी जाने तयारीमा रहेका ९१ जना, अपाङ्गता भएका ५८ जनाले खोप लगाएका गोरखा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार अन्य पालिकाको हकमा आज (मंगलबार)देखि खोप अभियान सुरु हुने जनाएको छ ।

प्राप्त खोप ५० देखि ५४ वर्ष उमेर समूहका ब्यक्ति, क र ख अपाङ्गता परिचय पत्र भएका ब्यक्ति, शरणार्थी र यस अघिको अभियानमा छुटेका स्वास्थ्यकर्मीलाई खोप लगाईनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार