• मंगलबार, कार्तिक २५ २०८३

टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर आठ वर्षीया बालिकाको मृत्यु


सोमबार, साउन ४ २०७८
520
Shares


टेलिभिजन हेर्ने क्रममा करेन्ट लागेर एक जना बालिकाको मृत्यु भएको छ।

लमजुङ राइनास नगरपालिका–७ सालफेदी बस्ने राकेश पाण्डेको आठ वर्षीया छोरी सृष्टि पाण्डेको घरभित्र कोठामा आज बिहान साढे आठ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी पाण्डेको लमजुङस्थित सहोदर अस्पताल धमिलिकुवामा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार