• शनिबार, असोज १० २०८३

साउन ६ गते सार्वजनिक विदा


सोमबार, साउन ४ २०७८
565
Shares


सरकारले साउन ६ गते (बुधबार) सार्वजनिक विदा दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो।

नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार