काठमाडौं । पछिल्लो २४ घण्टामा थप २हजार ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७ हजार ८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १हजार ६ सय ४२ जना र ३ हजार ८ सय ३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३ जना गरी २ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २ सय ५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।