गोरखा । गोरखाको शहीदलखन गाउँपालिकाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शहीदलखन ८ मा ५५ जनाको पिसिआर परिक्षण गरिएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित मध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन् ।
शनिवार मात्रै त्यहाँ १८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनालाई संक्रमण पुष्टि भएको थियो ।