• शनिबार, असोज १० २०८३

अजिरकोट र बारपाक सुलिकोट जोड्ने पक्की पुल मर्मत सकेको एक सातामै भत्कियो


सोमबार, साउन ४ २०७८
520
Shares

गोरखा । गोरखाको अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका जोड्ने पक्की पुल फेरी भत्किएको छ ।

मर्मत सकेको एक सातामै बाह्रकिलो–बारपाक सडक खण्ड अन्तर्गत बालुवाको पक्की पुलसँग जोडिएको सडक हिजो राती दरौदीमा आएको भेलले भत्काएको हो ।

पुल भत्किएपछि हाल आवतजावत पूर्ण रुपमा बन्द भएको स्थानीयले बताएका छन् ।

स्थानीय प्रदीप घलेका अनुसार आइतबार रातिको भेलले बालुवास्थित पक्की पुलको एकापटिको भाग कटान गरेको छ । कटान पछि गाडी जान नसके पनि मान्छे भने हिँड्न मिलेको उनले बताए ।

पुलको बालुवातर्फको ‘एप्रोच’ सडक कटान भएको हो । डेढ साताअघिको दरौदीको भेलले पुलसँग जोडिएको सडक बगाएपछि मर्मत गरेर सवारी सुचारु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार