• शुक्रबार, साउन १५ २०८३

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोप दिइदैँ


सोमबार, साउन ४ २०७८
475
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुलाई जोन्सन एण्ड जोन्सन खोप बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा दिन थालिएको छ। आज बिहान दश बजेदेखि उनीहरुलाई खोप दिन थालिएको हो।

भिसा तथा अन्तिम श्रम स्वीकृतिका आधारमा खोप दिइने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।

यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेका लागि भेरोसेल खोप उपलब्ध गराउने घोषणा गरेको थियो। तर सो खोप वैदेशिक रोजगारीमा जानेका लागि उपयुक्त नभएको भन्दै चौतर्फी विरोध भएको थियो। त्यसपछि वैदेशिक रोजगारीमा जानेका लागि सरकारले उक्त खोप अभियान सुरु गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार