• शनिबार, असोज १० २०८३

खैरो हिरोइनसहित वडाध्यक्ष पक्राउ


सोमबार, साउन ४ २०७८
890
Shares


लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पर्साको पकाहामैनपुर गाउँपालिका— १ धोरेका वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनी, वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन ३ गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका— १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो ।

उनीसँगै वडा सदस्य बलिष्टर ना६२प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर आएका थिए ।

प्रहरीले खैरो हिरोइन, मोटरसाइकलसहित नियन्त्रणमा लिएक तीनै जनाविरुद्ध लागू औषध मु्द्दामा आवश्यक कारबाही शुरु गरिने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार