गोरखा । गोरखामा आज (सोमवार) देखि अमेरिकाबाट अनुदानमा प्राप्त ‘जोनसन एण्ड जोनसन’ खोप लगाउन सुरु गरिने भएको छ ।

एक ‘डोज’लगाए पुग्ने उक्त अमेरिकी खोप हिजो मात्र जिल्ला भित्रिएको हो । १० हजार तीन सय ७० जनालाई पुग्ने खोपको मात्र जिल्ला आइपुगेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका ब्यक्ति, क र ख अपाङ्गता परिचय पत्र भएका ब्यक्ति, शरणार्थी र यस अघिको अभियानमा छुटेका स्वास्थ्यकर्मीलाई खोप लगाईनेछ ।
खोप आज (सोमवार)बाट गोरखा नगरपालिका भित्रकालाई लगाएर अभियान सुरु गरिने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।
अन्य पालिकाको हकमा भने यो खोप अभियान मंगलवारबाट सुरु हुने स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।
