काठमाडौं । नयाँ सरकार गठनसंगै एक सातासम्म अन्यौलमा रहेको पूँजी बजारमा आइतबार तीव्र वृद्धि देखिएको छ ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो दिनसेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको छ ।
आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार भएका १३ वटै परिसूचकमा आइतबार वृद्धि हुँदा पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेर कारोबार भयो ।
आइतबार दोस्रो बजारमा २१७ कम्पनीको १२ करोड ३० लाख ४५ हजार ६०६ कित्ता सेयर कारोबार भएको थियो ।
आइतबार विकास बैंक उपसमूह र बैंकिङ उपसमूह सबैभन्दा धेरै बढेका छन् । विकास बैंक उपसमूह ५.०५ प्रतिशतले बढ्दा र बैंकिङ उपसमूह ४.७१ प्रतिशतले बढेको छ ।