• शनिबार, असोज १० २०८३

पण्डित दीनबन्धु पोखेरेलले दलित समुदायबाट मूल पुजारी घोषणा गरे


आइतबार, साउन ३ २०७८
725
Shares

काठमाण्डौ । पण्डित दीनबन्धु पोखेरेलले दलित समुदायबाट मूल पुजारी घोषणा गरेका छन ।

ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो ।

सनातन गोरक्ष राष्ट्र नेपालले हिजो गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी बनाउने घोषणा गरेका हुन।

पण्डित पोखरेलले शासकले आफू अनुकूल शासन गर्नका लागि व्यक्तिलाई विभाजन गरेको भन्दै मानव जातलाई एउटै जात बनाउनका लागि दलितको छोरालाई पुजारी बनाइएको बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार