• शनिबार, असोज १० २०८३

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएर एक जनाको मृत्यु


आइतबार, साउन ३ २०७८
680
Shares


चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

भरतपुर— ५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालक सन्दिप मगरको मृत्यु भएको हो।

आइतबार बिहान ८ बजे खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका ३४ वर्षीय मगरको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार