गोरखा । गोरखामा काठेपुलबाट खस्दा एक युवक बेपत्ता भएका छन् ।
शुक्रबार साँझ चुमनुब्री गाउँपालिका वडा नम्बर ३ घट्टेखोला स्थित ठाडोखोला माथिको पुल तर्ने क्रममा सोही ठाउँका ३० वर्षीय विजय गुरुङ बेपत्ता भएको हो ।
गुरुङ दिदिको घरबाट फर्कने क्रममा बेपत्ता भएका थिए । शनिवार मात्र गुरुङ बेपत्ता भएको खबर पाएको र अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ ।