गोरखा । गण्डकी गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरिएको छ ।
नेपाली काँग्रेस गोरखाका सचिव नन्द प्रसाद न्यौपानेले गण्डकी गाउँपालिकाको मकैसिं र ताङलीचोक स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटरसहितका सामाग्री हस्तान्तरण गरेका हुन ।
काँग्रेसका नेता परशुराम पन्तको सहयोगमा प्राप्त सामाग्री शनिबार सचिव न्यौपानेले स्वास्थ्य चौकीमा पुगेर हस्तान्तरण गरेका हुन ।
जसमा एक एक थान अक्सिजन कन्सन्ट्रेटरसहित मास्क, सेनिटाइजर, ग्लोप्स, पिपिई लगायतका सामाग्री रहेको बताइएको छ ।
नेपाल रेडक्रश सोसाइटी ताङलीचोक उपशाखाको समन्वयमा भएको हस्तान्तरण कार्यक्रममा काँग्रेस सचिव न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
साथै कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष देउबहादुर गुरुङ, कृष्ण पन्त, रोशन अधिकारी, नरहरि न्यौपाने, विकेश अधिकारी, श्याम लामिछाने लगायतको सहभागिता रहेको थियो ।