गोरखा । विधार्थीलाई नारेश्वर युवा समाजले शैक्षिक सामाग्री सहयाेग गरेकाे छ । समाजले गोरखा नगरपालिका वडा नम्बर ३ का बिभिन्न विधालयमा अध्ययनरत ४४ जना विद्यार्थीलाई विद्यालय पोशाक र स्टेशनरी सहयोग गरेको हाे ।
वडा भित्र रहेका चार वटा विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने गरिव, जेहेन्दार विद्यार्थी छनौट गरेर उक्त सामग्री बितरण गरिएको हाे ।
नारेश्वर युवा समाजका प्रतिनिधी रामकुमार भट्टको उपस्थितीमा भएकाे सहयाेग वितरण कार्यक्रममा बिन्धाबासिनी माध्यामीक विद्यालयका लेखाजोखा समिति अध्यक्ष गणेशहबादुर थापाको प्रमुख आथित्यता रहेकाे थियाे । कार्यक्रममा बिन्धाबासिनी माविका प्रअ उदयबहादुर भट्ट, भोजराज कोईराला, समाजसेवी ताराबहादुर खड्का लगायतले बाेलेका थिए ।
कार्यक्रममा समाजका सदस्य रामकुमार भट्ट लगायतले विद्यार्थीहरुलाई पोशाक र स्टेशनरी बितरण गरेका हुन् ।
नारेश्वर युवा समाजको कार्यसमिती अन्तर्गत संयोजक लवकुमार भट्ट, सह संयोजक सुवास थापा, अदिश कोइराला विदेश प्रतिनिधि, सदस्य रामकुमार भट्ट, डिल बहादुर अधिकारी विदेश प्रतिनिधी, मिष्टरबाबु सुर्खेती, रुपेश विश्वकर्मा सदस्य गरी जम्मा सात जना मिलेर बिभिन्न सामाजिक अभियानकाे थालनी गरेका हुन ।