• बिहिबार, साउन १४ २०८३

शनिबार थप १ हजार ८सय ७५ जनामा कोरोना संक्रमण पुष्टि


शनिबार, साउन २ २०७८
650
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस (कोभिड— १९) को संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ५८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय १० र ३ हजार २०८ जनामा गरिएको एन्टिेन परीक्षणमा ५ सय ६५ जना गरी १ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको छ ।

जसमध्ये ६ लाख ३० हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय २५ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या २५ हजार ९ सय ५२ रहेको छ । जसमध्ये २३ हजार ४ सय ७७ जना होम आइसोलेसनमा र २ हजार ४ सय ७५ जना अस्पतालमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १ सय ६४ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार