• बिहिबार, साउन १४ २०८३

हेलिकप्टरबाट लगियो उत्तरी गोरखामा ३ हजार डाेज कोरोना विरुद्धको खोप


शनिबार, साउन २ २०७८
620
Shares

गोरखा । उत्तरी गोरखामा हेलिकप्टरबाट मार्फत कोरोना भाइरस विरुद्धको खोप ढुवानी गरिएको छ । हिमाल पारीको पालिकाका रुपमा परिचित चुमनुब्री गाउँपालिकाका १८ देखि ५४ बर्ष उमेर समुहका नागरिकलाई लगाउन भन्दै शनिबार३ हजार डोज भेरोसिल खोप हेलिकप्टर मार्फत ढुवानी गरिएको हो ।

सामागाउँ, गाप, चुम्लीङ र सिर्दिबासमा खोप हेकिप्टर मार्फत ढुवानी गर्ने र त्यहाँबाट नजिकको वडामा रहेको स्वास्थ्य संस्थामा लैजाने ब्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले भने । खोप हरेक वडाको स्वास्थ्य संस्थामा शनिवारदेखि नै लगाउन सुरु भएको छ ।

माउन्टेन चाईल्ड नामक संस्थाले खोप ढुवानीमा हेलिकप्टर उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । यस अघि पनि उत्तरी गोरखामा उक्त संस्थाले सिम्रिक एयरलाईन्स मार्फत खोप ढुवानी गर्न सहयोग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार