• बिहिबार, साउन १४ २०८३

मौसम खराबीका कारण उत्तरी गोरखामा खोप लैजान सकेन


शुक्रबार, साउन १ २०७८
670
Shares


गोरखा । मौसम खराबीका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका लागि छुट्टयाइएको तीन हजार डोज भेरोसेल खोप आज लैजान नसक्ने अवस्था भएको छ ।

मौसम सफा नहुँदा काठमाण्डौँबाट हेलिकप्टर खोप लिन गोरखा सदरमुकाम आउन नसकेको हो ।

चुमनुब्रीमा १८ देखि ५५ वर्ष उमेर समूहका नागरिकलाई लगाउन तीन हजार मात्रा खोप ढुवानी गर्ने लागिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा. दामोदर रेग्मीसहितको टोली हेलिकप्टर लिएर छेकम्पार, ल्हो लगायतका ठाउँ पुगेर फर्किएका छन् ।

मुख्यमन्त्रीसहितको टोलीले हेलिकप्टरमा मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री मात्रै लगेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङ बताए ।

टोलीमा रहेका उर्जामन्त्री आचार्यका अनुसार खोप लैजान काठमाडौंबाट हेलिकप्टर आउने भएकाले आफूहरु खोप लिनका लागी सदरमुकाम नगएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार