काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मुलुकभरमा ९ हजार ६ सय १३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षणबाट ९ सय ३० जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका छन्।
यस्तै ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।
