गोरखा । गत ६ महिनाको अन्तरालमा गोरखामा १४ जना बालिका यौन दुर्ब्यवहारको सिकार बनेको तथयांक सार्वजानिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहिबार गोरखा सदरमुकाममा नेपाल मानव अधिकार बर्ष पुस्तकका लागि संकलित घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रममा ६ महिनामा यौन दुर्ब्यवहार लगायत मानवअधिकार उल्लंघन भएका घटनाको तथ्यांक सार्वजानिक गरेको हो । इन्सेकले गत पुस १७ देखि असार ३० गतेसम्म जिल्लाका बिभिन्न स्थानमा घटेका घटना सार्वजानिक गरेकाे हाे ।
पछिल्लो ६ महिना २० वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु भएकोमा १९ वटा घटना बलात्कार तथा बलात्कार प्रयासका घटना भएको जनाएको छ । जसमध्ये १४ वटा घटना १६ बर्ष मुनिका बालिकाहरु परेका छन् । इन्सेकका गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार १४ बर्षका ५ जना, १६ बर्षका १ जना, १५बर्षका ३ जना, १३ बर्षका २ जना, ७ बर्षका १ जना, १२ बर्षकी १ जना र ४ बर्षकी १ जना बालिका माथि बलात्कार, बलात्कार प्रयास तथा यौनदुर्ब्यवहारको घटना भएको छ ।
जसमा ३ वटा घटना यौनदुब्र्यहार र बाँकी ११ वटा घटना बलात्कारका रहेको उनले बताएो । त्यस्तै पछिल्लो २० बर्ष माथिका ५ वटा बलात्कार तथा बलात्कार प्रयासका घटना भएको बताइएको छ । इन्सेकले २२ बषर्की २ जना युवती, २६ बर्षकी एक महिला तथा ५७ र ५३ बर्षकी दुई जना महिला माथि पनि बलात्कारको तथा बलात्कार प्रयासका घटना भएको जनाएको छ । त्यस्तै जिल्लामा पछिल्लो ६ महिनामा जातिय बिभेदको एउटा घटना भएको उल्लेख गरेको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङमा पशुमा खोप लगाउन गएकी भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाकी कर्मचारी प्रिती गैरे र बिशाल सिर्मल माथि जातिय बिभेदको घटना भएको इन्सेकले जनाएको छ ।
समिक्षा कार्यक्रममा नेपाल बार एसोसियन गोरखाका अध्यक्ष यादव शर्मा, नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, प्रदेश सचिव कैलाशबाबु श्रेष्ठ, महिला मानवअधिकार रक्षक सञ्जालकी संयोजक सावित्री भट्ट लगायतको सहभागिता रहेको थियो । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज गोरखाका अध्यक्ष यदु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।