• शनिबार, असोज १० २०८३

घाँस काट्न जाने क्रममा लडेर ३३ वर्षीय युवकको मृत्यु


बिहिबार, असार ३१ २०७८
675
Shares


बागलुङको गलकोट नगरपालिका–८ काँडेबास पचुवामा घाँस काट्न जाने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी ३३ वर्षीय अशोक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

उनका अनुसार घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएको अवस्थामा आज उहाँको शव फेला परेको छ ।

कँडेल बुधबार दिउँसो १२ बजे पचुवाकै कुभिन्डो भन्ने ठाउँमा घाँस काट्न भनेर जानुभएको र बेलुकासम्म नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

खोजतलासका क्रममा उहाँ मृतावस्थामा फेला परेको र घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक हवारीले जानकारी दिए। शव परीक्षणका लागि अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पठाइएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार