• शनिबार, असोज १० २०८३

आज नेप्से ११ अङ्कले बढ्यो


बिहिबार, असार ३१ २०७८
765
Shares

काठमाण्डौ । आज बिहीवार शेयर बजार परिसूचक मापक नेप्से ११ अङ्कभन्दा धेरैले बढेको छ ।

आज नेप्से ११ दशमलव ३३ अङ्कले बढेर २८ सय ३ दशमलव ३८ विन्दुमा पुगेको छ । आज व्यापार समूहको शेयर २८ दशमलव ७१ अङ्कले, हाइड्रोपावरको ५६ दशमलव १४ अङ्कले, फाइनान्सको ४७ दशमलव ८९ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव २६ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ४५ दशमलव ७१ अङ्कले बढेको छ । आज होटल र पर्यटन समूहको शेयर भने ५० अङ्कभन्दा धेरैले घटेको छ ।

आज दुई सय २३ कम्पनीका पाँच करोड ८५ लाख कित्ता शेयर आठ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार