गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले बिपन्न एक सय जना महिलाहरुलाई बाख्रा बितरण गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम अनुसार बिपन्न महिलाको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले बाख्रा बितरण गरिएको हो ।
गाउँपालिका भित्रको हरेक वडाका १०/१० जना महिलालाई बाख्रा बितरण गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख इन्द्रहरी खनालले बताए ।
बुधवार वडा नम्बर ९ का १० जनालाई बाख्रा बितरण गरेसँगै सबैवडामा कार्यक्रम सकिएको खनालले बताए ।
