• बिहिबार, साउन १४ २०८३

वैदेशिक रोजगारीमा जानेलाई ‘जोन्सन एण्ड जोन्सन’को खोप दिन आग्रह


बिहिबार, असार ३१ २०७८
1.2K
Shares


काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘जोन्सन एन्ड जोन्सन’को खोप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

विदेश जाने श्रमिकलाई एक जोड मात्रा लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप दिन कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई वैदेशिक रोजगार मन्त्रालयले आग्रह गरेको हो ।

कोरोनाविरुद्धको खोप नलगाई साउदी अरब, कतार लगायतका खाडी र अन्य श्रम गन्तब्य मुलुक जाने नेपाली कामदारलाई सम्बन्धित मुलुक पुगे पश्चात अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।

यस्तै कोरोना परीक्षण गर्दा पीसीआर रिर्पोट नेगेटिभ आएमा पनि थप होम क्वारेन्टिन बस्नुपर्ने जस्ता प्रावधान रहेकाले क्वारेन्टिन बस्दा एक लाख रुपैयाँसम्म कामदार तिर्न बाध्य भएको सामाजिक सुरक्षा मन्त्रालयद्धारा कोभिड — १९ संकट व्यवस्थापन केन्द्रलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

सरकारले यसअघि विदेश जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार