• शनिबार, असोज १० २०८३

मोटरसाइकल दुर्घटना हुँदा जनप्रतिनिधिको मृत्यु


बिहिबार, असार ३१ २०७८
650
Shares


मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका— ४ का वडा सदस्य धनबहादुर राईको ज्यान गएको छ।

बुधबार दिउँसो ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका— ४ का वडा सदस्य ३६ वर्षीय राईको झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक— रवि सडक खण्ड अन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभीरबाट अन्दाजी एक सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो।

उनलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार