काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा आठ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) देशभित्र भित्रिएको छ ।


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १२ दशमलव ६ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह ३ दशमलव २ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण लिने नेपालीको सङ्ख्या ५९ दशमलव ९ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या १२ दशमलव ४ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या जेठ मसान्तसम्म ४७ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या ३१ दशमलव १ प्रतिशतले घटेको थियो ।