• शनिबार, असोज १० २०८३

आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना


बिहिबार, असार ३१ २०७८
555
Shares

काठमाडौं । आज पनि देशका धेरै स्थानमा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस क्रममा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना पनि छ।

यसैगरी राति पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम तथा नदीनाला तथा खहरे खोलामा बाढीको खतरा देखिएकाले दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने देखिएको छ।

यसर्थ भोलि बिहान ६ बजेसम्मै सतर्कता अपनाउन भन्दै मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार