• बिहिबार, साउन १४ २०८३

बुधबार २ हजार ९०५ जनामा संक्रमण पुष्टि , १८ को मृत्यु


बुधबार, असार ३० २०७८
610
Shares


काठमाडौं । बुधबार थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षणमा २ हजार १० जना र ४ हजार ९ सय १६ एन्टिजेन परीक्षणबाट ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ४७ जना रहेका छन् ।

जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार