• बिहिबार, साउन १४ २०८३

साउदीमा कोरोना सङ्क्रमणबाट थप १२ नेपालीको ज्यान गयो


बुधबार, असार ३० २०७८
835
Shares

काठमाडौं । साउदीमा गएको चार हप्तामा कोरोना भाइरसबाट थप १२ नेपालीको ज्यान गएको छ ।

गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार गएको चार हप्तामा थप १२ नेपालीले साउदीमा कोरोनाबाट ज्यान गुमाएका हुन् ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १ लाख ११ हजार ४७ जना कोरोना मुक्त भएका छन् ।

सङ्घका अनुसार गएका चार सातामा अस्ट्रेलिया, साउदी अरब, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार